युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
सारांश
- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा 'एमभी गोल्डेन लियो' नामक व्यापारिक जहाजमाथि भएको हमलामा ४ जना भारतीय नागरिकको मृत्यु भएको छ ।
- जहाजमा चालक दलका १७ सदस्य सवार थिए, जसमा ५ जना भारतीय थिए र अर्का एक भारतीय गम्भीर घाइते भएका छन् ।
- भारत सरकारले घटनाको कडा निन्दा गर्दै व्यापारिक जहाजहरूलाई निशाना बनाउनु र निर्दोष चालक दलका सदस्यहरूको ज्यान खतरामा पार्नु अत्यन्तै निन्दनीय कार्य भएको बताएको छ ।
काठमाडौँ । भारतीय विदेश मन्त्रालयले युक्रेनको ओडेसाबाट प्रस्थान गर्ने क्रममा ‘एमभी गोल्डेन लियो’ नामक व्यापारिक जहाजमाथि हमला भएको र उक्त घटनामा ४ जना भारतीय नागरिकको मृत्यु भएको जानकारी दिएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, जुलाई १९ का दिन युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गर्ने क्रममा जहाजमाथि हमला भएको हो । उक्त घटनामा अर्का एक भारतीय नागरिक गम्भीर घाइते भएका छन् । भारत सरकारले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आक्रमणको कडा निन्दा गरेको छ ।
यद्यपि, विज्ञप्तिमा उक्त हमला कसले गरेको हो भन्नेबारे कतै पनि स्पष्ट पारिएको छैन ।
विदेश मन्त्रालयका अनुसार, घटनाका बेला जहाजमा चालक दलका कुल १७ सदस्य सवार थिए, जसमा ५ जना भारतीय नागरिक संलग्न थिए ।
घटनाको भर्त्सना गर्दै भारतले व्यापारिक जहाजहरूलाई निशाना बनाउनु र निर्दोष चालक दलका सदस्यहरूको ज्यान खतरामा पार्नु अत्यन्तै निन्दनीय कार्य भएको बताएको छ । सरकारले सामुद्रिक आवागमन र व्यापारको स्वतन्त्रतामा अवरोध सिर्जना गर्नु स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ ।
युक्रेनस्थित भारतीय नियोगले घटनाको वस्तुस्थितिलाई नजिकबाट नियालिरहेको र प्रभावितहरूलाई हर सम्भव सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको विदेश मन्त्रालयले जनाएको छ ।
यसैगरी भारतले व्यापारिक नौवहन र अन्तर्राष्ट्रिय व्यापारलाई प्रभावित पार्ने यस्ता घटनाहरूबाट बच्नुपर्ने र नागरिकहरूको सुरक्षा सुनिश्चित गरिनुपर्ने कुरामा पुनः जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण