२९ किलो गाँजासहित ३ जना पक्राउ
शनिबार, २० पुस २०८१, १३ : २९
काठमाडौँ । मोरङ प्रहरीले २९ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नम्बर ७ का मोहन राई, सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ का विशाल कुमार पासवान र भारतीय नागरिक मुन्ना कुमार पासवान रहेका छन् ।
प्रहरीका अनुसार बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मुडेरी स्थित रमाइलो टोलमा गएराति उनीहरू सवार मोटरसाइकल चेचकजाँच गर्दा २९ किलो गाँजा बरामद भएको हो । साथै ७३ हजार पाँच सय साठी रुपैयाँ नगदसहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण