अदालत
टीआरसी ऐनविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दर्ता
आइतबार, २१ पुस २०८१, १४ : ४३
काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) ऐनविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट निवेदन दर्ता भएको छ । आइतबार अधिवक्ता ज्ञानेन्द्र आरण र कुलबहादुर लिम्बुसहित ४४ जनाले रिट दर्ता गराएका हुन् ।
रिट दर्ता भएको र पेसी तोकिन बाँकी रहेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । रिटमा टीआरसीको पुरानो कानुनअनुसार उजुरी रहेको तर अहिले नयाँ बन्दा अनुसन्धान नै त्रुटिपूर्ण हुने देखिएकाले नयाँ ऐन बदरको माग गरिएको छ ।
यसअघि पनि टीआरसी ऐन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । अधिवक्ता ज्ञान बस्नेत र श्यामकृष्ण मास्केले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पीडकमैत्री भएको भन्दै रिट दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण