मुगुमा ४ सयभन्दा बढी रैथाने बीउको प्रदर्शन
मुगु । मुगुको खत्याडमा ४ सय ९० स्थानीय रैथाने बीउको प्रदर्शन भएको छ । खत्याड गाउँपालिकामा स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचो आयोजना भएको हो ।
स्थानीय कृषकले स्थानीय रैथाने कृषि बीउविजन प्रदर्शनी गरेका हुन् । स्थानीय रैथाने बीउ प्रदर्शनी मेला तथा बीउ ऐँचोपैँचोले खत्याड गाउँपालिकाका स्थानीय किसानलाई कृषिमा प्रोत्साहन गर्न सहयोग मिलेको बताइएको छ । स्थानीय समुदायमा एक सयदेखि ४९० पाइने रैथाने बीउ जातका प्रदर्शन गरिएको हो । मेलामा ९ वटा रैथाने बीउको स्टलमार्फत राखिएको थियो ।
पछिल्लो समय रैथाने बाली लोप हुन लागेकाले यसको उत्पादन वृद्धि र किसानलाई महत्त्व बुझाउन मेलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ । स्थानीय कृषि बीउ मेलाले स्थानीय बीउ र स्थानीय बाली संरक्षणमा ठुलो टेवा पुग्ने खत्याड गाउँपालिकाका अध्यक्ष अजबहादुर शाहीले बताए ।
उनले खत्याड गाउँपालिका क्षेत्रभित्रको कृषि सामग्री बजारसम्म बजारीकरणका लागि कृषि एम्बुलेन्स खरिद गर्ने प्रतिबद्धता समेत गरेका छन् । खत्याड गाउँपालिका कृषि क्षेत्रका लागि मूलधार पनि हो । कृषिमा लगानी गर्ने र कृषि क्षेत्रमा बढवा दिने गैरसरकारी संस्थासँग हातेमालो गरेर यस क्षेत्रमा रैथाने बाली र बीउबिजनको जर्गेना र संरक्षणसमेत गरिने खत्याड गाउँपालिाकाकी उपाध्यक्ष सरिता रोकायाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण