थाइल्यान्डमा हात्तीको आक्रमणबाट स्पेनी पयर्टकको मृत्यु
बैंकक । बैंककमा एउटा हात्तीले पयर्टकलाई मारेको छ । स्थानीय प्रहरीले बताएअनुसार मध्य थाइल्यान्डमा रहेको कोह याओ हात्ती स्याहार केन्द्रमा आत्तिएको एउटा हात्तीले २२ वर्षकी स्पेनी पयर्टक ब्लान्का ओजान्गुरेन ग्रर्सियालाई मारेको हो ।
घटनाको समयमा ग्रर्सियाले हात्तीलाई नुहाइरहेकी थिइन् । प्राकृतिक बासस्थलबाहिर पयर्टकसँग अन्तरक्रिया गर्नुु परेपछि हात्ती आत्तिएको हुन सक्ने अनुमान विज्ञहरूले गरेका छन् ।
स्पेनको नाभार्रा विश्वविद्यालयमा कानून र अन्तरराष्ट्रिय सम्बन्धकी विद्यार्थी ग्रर्सिया विद्यार्थी आदानप्रदान कार्यक्रमको हिस्सा बनेर ताइवान आएकी थिइन् । घटनाको समयमा उनी आफ्नो प्रेमीसँग थाइल्यान्ड घुम्न आएकी थिइन् । थाइल्यान्ड घुम्न आउने पयर्टकहरूमाझ हात्तीलाई नुहाइदिनु लोकप्रिय गतिविधि मध्ये एक हो ।
कोह याओ सेन्टरमा पयर्टकहरूले १ हजार ९०० देखि २ हजार ९०० थाई भाट तिरेर हात्तीका लागि खाना बनाउने, खुवाइदिने र नुहाइदिनेसम्मका गतिविधि गर्न पाउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण