चीनमा भूकम्प : मृत्यु हुनेको संख्या ३६ पुग्यो
काठमाडौँ । मंगलबार बिहान चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । चिनियाँ समाचार संस्था सीजीटीएनले यो जानकारी दिएको हो ।
यता, पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ । चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो ।
डिंग्रीको तोङलाई गाउँमा धेरै घरहरू ढलेको पिपल्स डेलीको समाचारमा उल्लेख छ । डिंग्रीका काउन्टी प्रमुखले सो क्षेत्रमा भूकम्पको ठुलो झट्का महसुस भएको जनाएका छन् । सरकारी अधिकारी तथा उद्धारकर्मीहरू भूकम्प प्रभावित क्षेत्रमा पुगिरहेको समाचारमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण