विशेष चस्मा लगाएर अयोध्यास्थित राम मन्दिरमा पुगेका युवक पक्राउ
नयाँ दिल्ली । भारतको अयोध्यास्थित राम मन्दिरमा पुगेका एक व्यक्ति आफूले लगाएको चस्माकै कारण पक्राउ परेका छन् । सोमबार मन्दिर परिसरबाट ती व्यक्तिलाई पक्राउ गरिएको जनाइए पनि उनको परिचय खुलाइएको छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले विशेष प्रकारको चस्मा लगाएका थिए । उक्त चस्मा ‘हाइटेक’ रहेको बताइएको छ ।
राम मन्दिरभित्र क्यामेरा तथा मोबाइल लैजान निषेध गरिएको छ । तर, ती व्यक्तिले क्यामेरा भएको चस्मा लगाएर मन्दिरमा पुगेको बताइएको छ ।
चस्मामा भएको क्यामेराबाट फोटो खिचिरहेको समयमा एक सुरक्षाकर्मीले ती व्यक्तिलाई फेला पारेका थिए । तत्कालै नियन्त्रणमा लिएर उनीसँग सोधपुछ भइरहेको बताइएको छ ।
सुरक्षा चेक प्वाइन्टमा बसेका सुरक्षाकर्मीले सुरुमा ती व्यक्तिको साथमा क्यामेरा रहेको चस्मा छ भन्ने सुइँको समेत पाउन सकेका थिएनन् । मन्दिरभित्र पुगेर तस्बिर लिनका लागि अलमल गरेको अवस्थामा सुरक्षाकर्मीले ध्यान दिएपछि मात्र उनीसँग क्यामेरा जडित चस्मा रहेको तथ्य प्रकाशमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण