विशेष चस्मा लगाएर अयोध्यास्थित राम मन्दिरमा पुगेका युवक पक्राउ

नयाँ दिल्ली । भारतको अयोध्यास्थित राम मन्दिरमा पुगेका एक व्यक्ति आफूले लगाएको चस्माकै कारण पक्राउ परेका छन् । सोमबार मन्दिर परिसरबाट ती व्यक्तिलाई पक्राउ गरिएको जनाइए पनि उनको परिचय खुलाइएको छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार ती व्यक्तिले विशेष प्रकारको चस्मा लगाएका थिए । उक्त चस्मा ‘हाइटेक’ रहेको बताइएको छ ।
राम मन्दिरभित्र क्यामेरा तथा मोबाइल लैजान निषेध गरिएको छ । तर, ती व्यक्तिले क्यामेरा भएको चस्मा लगाएर मन्दिरमा पुगेको बताइएको छ ।
चस्मामा भएको क्यामेराबाट फोटो खिचिरहेको समयमा एक सुरक्षाकर्मीले ती व्यक्तिलाई फेला पारेका थिए । तत्कालै नियन्त्रणमा लिएर उनीसँग सोधपुछ भइरहेको बताइएको छ ।
सुरक्षा चेक प्वाइन्टमा बसेका सुरक्षाकर्मीले सुरुमा ती व्यक्तिको साथमा क्यामेरा रहेको चस्मा छ भन्ने सुइँको समेत पाउन सकेका थिएनन् । मन्दिरभित्र पुगेर तस्बिर लिनका लागि अलमल गरेको अवस्थामा सुरक्षाकर्मीले ध्यान दिएपछि मात्र उनीसँग क्यामेरा जडित चस्मा रहेको तथ्य प्रकाशमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला