चीनले मानव इतिहासकै सबैभन्दा शक्तिशाली मेसिन गन बनाउँदै
बेइजिङ । चीनले मानव इतिहासको सबैभन्दा शक्तिशाली मेसिन गन बनाइरहेको छ । चिनियाँ इन्जिनियर र वैज्ञानिकहरूले यो अद्भुत मेशिन गन बनाइरहेका हुन् ।
यसमा पाँचभन्दा बढी ब्यारेल हुनेछ । यसबाट पनि तपार्ईंले यो बन्दुकको ताकत अनुमान गर्न सक्नु हुन्छ । यसले एक मिनेटमै ४ लाख ५० हजार गोली हान्न सक्ने बताइएको छ । यसको गोलीबारीको घनत्व यस्तो छ कि ७ म्याक भन्दा बढीको गतिमा यात्रा गर्ने हाइपरसोनिक मिसाइहरूलाई पनि रोक्न सक्नेछ ।
यो अमेरिकाका लागि चिन्ताको विषय हो । किनभने अमेरिकासँग भएको शक्तिशाली मेशिन गनले प्रतिमिनेट ४ हजार ५ सय राउण्ड गोली मात्रै हान्न सक्छ । यो हतियारको बल यसको कमजोरी पनि हो । प्रतिमिनेट लाखौं गोली प्रहार गर्ने यो हतियारमा बारुद भर्नु असम्भव चुनौती मानिएको छ । तर चीनको केन्द्रीय औद्योगिक केन्द्र ताइयुआनका अनुसन्धानकर्ताहरूले यसको समाधान पनि खोजेका छन् । यसका लागि उनीहरूले गोली भरिएको कन्टेनर जस्तो म्यागजिन बनाउँदैछन् । यसको हरेक ब्यारेलमा पहिले नै गोली भरिएको हुनेछ ।
नर्थ चाइना युनिभर्सिटीका मेकानिकल र इलेक्ट्रिकल इन्जिनियरिङका एसोसिएट प्रोफेसर लु शुताओको नेतृत्वमा रहेको परियोजना टोलीले यो मेशिन गन बनाइरहेको छ । बक्सटाइप रोटरी फायरिङ टेक्नोलोजीले लोडिङ स्पीड बढाउने र ब्यारेलको बल र शुद्धता पनि नघट्ने सम्बद्ध टोलीको भनाइ उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले एउटा समाचार लेखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण