दक्षिण एसियाली स्ट्रिट डिफेन्स शनिबारदेखि
काठमाडौँ । नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबार सुरुदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र श्रीलंकाबाट ७० खेलाडीको सहभागिता रहने जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरीले दिए ।
प्रतियोगितामा पुरुषतर्फ पाँच र महिलातर्फ दुई गरी कुल सातवटा स्पर्धामा समावेश गरिएको छ । पुरुषमा ५५ केजीमुनि, ६० केजीमुनि, ६५ केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौल समूहमा खेल हुनेछ । महिलातर्फ ५५ केजीमुनि र ५५ केजीमाथिको तौल समूहमा खेलाडीहरूबिच भिडन्त हुनेछ ।
हरेक तौल समूहमा नगद पुरस्कार राखिएको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जानकारी दिए । कुल पुरस्कार राशि तीन लाख ५० हजार रुपैयाँ रहेको छ । प्रत्येक स्पर्धाको कुल पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ ।
स्वर्ण, रजत र कांस्य पदक विजेतालाई कति पुरस्कार दिने रकम दिने भन्ने प्रतियोगिताअघि टुंगो लगाउने आयोजकले जनाएको छ । दक्षिण एसियाली स्ट्रिट डिफेन्स नेपालमै पहिलोपटक हुन लागेको हो । टोखा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गर्न अनुमानित २२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
दुई दिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितालाई लक्षित गरी नवौँ टेडवाङ जितकुण्डो सेमिनार बिहीबारदेखि बत्तीसपुतलीमा सुरु भएको छ । दुई दिने सेमिनारको पहिलो दिन खेलाडी र प्रशिक्षक सहभागी छन् ।
दोस्रो दिन शुक्रबार रेफ्री सेमिनार हुनेछ । दुवै कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंका र अफ्गानिस्तानको सहभागिता रहने छ । मुख्य प्रशिक्षक स्पेनका जेक्विन मार्सेलो र सहायक प्रशिक्षक पोल्यान्डका माइकल जाप्लाले सेमिनार सञ्चालन गर्नेछन् । उनीहरूलाई मुख्य प्रशिक्षक थापाले सहयोग गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण