पाँच वर्षमा ५२ हजार हेक्टर धान रोप्ने क्षेत्रफल घट्यो
बिहीबार, २५ पुस २०८१, १६ : ५५
काठमाडौँ । नेपालमा पाँच वर्षमा ५२ हजार हजार हेक्टर भन्दा बढी धान रोप्ने क्षेत्रफल घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा धान बाली हुने क्षेत्रफल घटेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा भएको धान रोपाइँ चालु आर्थिक वर्षमा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा भएको छ । यो भनेको ५२ हजार ८३८ हेक्टर क्षेत्रफल कम हो ।
चालु आर्थिक वर्ष (२०८१/०८२) मा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको छ । पाँच अघि ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण