पाँच वर्षमा ५२ हजार हेक्टर धान रोप्ने क्षेत्रफल घट्यो
बिहीबार, २५ पुस २०८१, १६ : ५५

काठमाडौँ । नेपालमा पाँच वर्षमा ५२ हजार हजार हेक्टर भन्दा बढी धान रोप्ने क्षेत्रफल घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा धान बाली हुने क्षेत्रफल घटेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा भएको धान रोपाइँ चालु आर्थिक वर्षमा १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा भएको छ । यो भनेको ५२ हजार ८३८ हेक्टर क्षेत्रफल कम हो ।
चालु आर्थिक वर्ष (२०८१/०८२) मा धान बालीको कुल उत्पादन ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको छ । पाँच अघि ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको आशा पूरा : बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार
-
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै