राष्ट्रिय परिचयपत्रबाट पनि बैंक खाता खोल्न सकिने*
काठमाडौँ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रबाट पनि बैंक खाता खोल्न सकिने व्यवस्था गरेको छ । बुधबार राष्ट्र बैंकको बैंकले वाणिज्य बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्रिय परिचयपत्रबाट पनि बैंक खाता खोल्न सकिने व्यवस्था गरेको हो ।
सरकारले यसअघि नै माघदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नेगरी कार्यतालिका बनाएको थियो । तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था कार्यान्वयन भएको थिएन । अहिले पनि उक्त मुद्दा विचाराधीन नै छ । यसैबिच राष्ट्र बैंकले भने परिचयपत्रबाट बैंक खाता खोल्न सकिने जनाएको हो ।
बिहीबार नयाँ निर्देशन जारी गर्दै बैंकले माघ एक गतेदेखि राष्ट्रिय परिचयपत्र नम्बर उपलब्ध गराएका खातावालाको ग्राहकको पहिचान तथा पुष्टि (केवाईसी) समेत राष्ट्रिय परिचयपत्र मार्फत नै पुष्टि गर्न भनेको हो ।
संशोधित निर्देशनमा बैंक तथा वित्तीय संस्थाले माघ एक गतेदेखि राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचको आधारमा खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ । यो आधारमा खाता खोल्दा केवाईसी विवरण भरिराख्नु पर्दैन ।
राष्ट्र बैंकले नेपाल सरकारले सामाजिक सुरक्षा कोष लगायतका सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नु अघि समेत राष्ट्रिय परिचयपत्रमार्फत नै केवाईसी भेरिफिकेसन गर्नुपर्ने व्यवस्था गरेको छ ।
*यसअघि प्रकाशित समाचारमा केही तथ्यगत त्रुटि हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ : सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण