मृत भेटिएकी गुल्मीकी गीताको हत्याको आशंका
गुल्मी – सोमबार दिउँसो बढिघाट खोालमा भेटिएको एक महिलाको शवको सनाखत भएको छ । उनी गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर–१ साविकको पौदीअमराई – की ३५ वर्षिय गीता नेपाली भएको खुलेको हो ।
गुल्मीकै साविक ईस्मा गाविसमा विवाह गरेकी नेपालीले चार सनतानकी आमा रहेकी श्रीमानसँगको सम्वन्ध राम्रो नभएका कारण माईती घर नजिकै छाप्रो बनाएर बस्ने गरेको स्थानीयले बताए ।
माईतीको शरणमा बस्दै आएकी गीताको अर्कै एक युवासँग सम्बन्ध रहँँदै आएको छिमेकीले बताए । त्यही क्रममा गिता आइतबार उनकी भाउजू सीता नेपालीसँग पारीवाग्लुङ्गमा पर्ने लव्दी खोलामा निर्माणाधीन मोटरेबल पुलमा काम गर्न गरेकी थिइन् । साँझ घर फर्किने क्रममा सोही पुलमा काम गर्ने एकजना कामदारको फोन आएपछि एकछिन पछि आउँछु भनि भाउजूलाई पठाएर गीता त्यहि बसेको बताइन्छ ।
प्रहरी श्रोतका अनुसार मृतक गीता र युवकवीच निकट सम्वन्ध भएका कारण बराबर फोनमा कुराकानी, भेटघाट, भैरहने गर्दथ्यो । दुबैवीच अवैध सम्बन्ध भएकै कारण घटना भएको हुनसक्ने बताइएको छ ।
आधिकारिक रुपमा भने घटनाबारे प्रहरीले अनुसन्धान जारी रहेको भन्दै केही बताएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
-
बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण