तेह्रथुमका दुई सहिद पार्कको उद्घाटन प्रचण्डले गर्ने
काठमाडौँ । तेह्रथुममा निर्माण भएका दुई वटा सहिद पार्कको उद्घाटन नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।
आठराई गाउँपालिका–३ ह्वाकूमा रहेको बगाले सहिद स्मृति पार्क र लालीगुराँस नगरपालिकामा रहेको धनरूपा सहिद स्मृति पार्क आगामी माघ १४ गते प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व मन्त्री दुर्गाप्रसाद चापागाईंले जानकारी दिए ।
लालीगुराँसको वसन्तपुर सहिद स्मृति सभाहल र बागालेमा जनयुद्ध र शान्ति संग्राहलयको शिलान्यास, पूर्वमा माओवादी आन्दोलनका अभियानता स्वर्गीय भक्तराज कन्दङवाको सालिक अनावरण तथा जिल्ला स्तरीय पार्टी प्रशिक्षण लगायत कार्यक्रम समेत रहेको बताइएको छ ।
प्रचण्डको लालीगुराँस नगरपालिकामा रहेको सांस्कृतिक पार्क चोरुलुङको अवलोकनको कार्यक्रम रहेको छ ।
२०५८ साल माघ १४ गते तेह्रथुमको आठराई ह्वाकु बगालेमा २१ जनाको तत्कालीन राज्य पक्षबाट हत्या भएको थियो । तत्कालीन जनमुक्ति सेनाका १८ जना घाइतेहरू र ३ जना स्थानीयको हत्या भएको थियो ।
२०५८ साल माघ १० गते भएको पाँचथरको गोपेटार आक्रमणका घाइतेहरूलाई आठराईको बगालेमा रहेको समयमा घाइतेहरूको हत्या भएको थियो । बगालेमा २१ जना सहिदको अर्ध कदको सालिक निर्माण गरिएको छ । घाइतेहरूलाई हत्या गरिएको घरलाई संरक्षण गरिएको छ ।
धनरूपमा सहिद स्मृति पार्कमा लालीगुराँसका ६ जना सहिदहरूको स्मारक निर्माण भएको छ । यी सहिद पार्क तेह्रथुमको पर्यटकीय गन्तव्यको लागि आकर्षणको केन्द्र समेत बन्दै गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेमा विवाद : अबको मुख्यमन्त्री को ?
-
वर्षमान पुनको प्रश्न : प्रविधिमैत्री निर्वाचनमा ‘ह्याकिङ’ र ‘प्रोग्रामिङ’ को जोखिम कसरी रोक्न सकिन्छ ?
-
जापानको क्युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
-
शिक्षक तथा विद्यालय कर्मचारीका माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी
-
‘दाहाल यज्ञनिधि पुरस्कार’ अधिकारी र सुब्बालाई
-
सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न राप्रपाको अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण