पोटर बने वेस्ट ह्यामको नयाँ म्यानेजर
शुक्रबार, २६ पुस २०८१, १२ : १८
![पोटर बने वेस्ट ह्यामको नयाँ म्यानेजर](https://npcdn.ratopati.com/media/news/poter_PhmXrwKEgu.png)
लण्डन । प्रिमियर लिग क्लब वेस्ट ह्यामले ग्राहाम पोटरलाई क्लबको नयाँ म्यानेजर नियुक्त गरेको छ । ४९ वर्षीय पोटरले लण्डन क्लबसँग साढे दुई वर्षको करार सम्झौता गरेका हुन् ।
बुधबार मात्र क्लबले जुलेन लोपेटेगुईलाई बर्खास्त गरेको थियो । उनले ६ महिना क्लबको म्यानेजरका रूपमा काम गरे ।
‘यो उत्कृष्ट क्लबको म्यानेजर हुनु पाउनु गर्वको कुरा हो । म निकै उत्साहित छु,’ नियुक्तिपछि पोटरले भने । वेस्ट ह्याम हाल प्रिमियर लिगको १४ औँ स्थानमा आसीन छ ।
हालसम्म ६ जितसहित टोली रेलिगेसन क्षेत्रभन्दा १४ अङ्कमाथि रहेको छ ।
उनी सन् २०२३ को अप्रिलमा चेल्सीबाट बर्खास्तीमा परेका थिए । त्यसयता उनले कुनै क्लबको नेतृत्व सम्हालेको पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका दुई भातृ संगठनद्वारा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित
-
सरकारले भूमाफियाबाट प्रभावित भएर अध्यादेश ल्यायो : नेकपा (माले)
-
ललितपुर महानगरलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने योजनामा अघि बढिसक्यो : प्रमुख महर्जन
-
रोकिएका परियोजनालाई गति दिन कांग्रेसले दियो मन्त्रीहरूलाई निर्देशन
-
न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रक्रिया सुरु