दुम्कीवासमा तुरुन्त यातायात सुचारु गराउन मन्त्री दाहालको निर्देशन
शुक्रबार, २६ पुस २०८१, १९ : ५२
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दुम्कीवासको यातायात तुरुन्तै सुचारु गराउन सडक विभागलाई निर्देशन दिएका छन् । पुल भाँचिएका कारण अवरुद्ध हुन पुगेको यातायातलाई डाइभर्सन निर्माण गरी अविलम्ब सञ्चालनमा ल्याउन उनले निर्देशन दिएका हुन् ।
यस्तै बढिभार भएका सवारी साधनको चेकजाँच कडा बनाउनु पनि मन्त्री दाहालको भनाइ छ । उक्त स्थानमा अस्थायी व्यवस्था गरेर भएपनि सडक खुलाउन उनले निर्देशन दिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किवासमा पुल भाँचिदा सवारी आवागमन बन्द भए पछि मन्त्री दाहालले प्रहरी तथा अन्य निकायहरूसँग समेत समन्वय गरी सवारी साधन रोकिने अवस्था आउन नदिन विभागलाई निर्देशन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण