गाजामा मारिने संख्या रिपोर्ट गरिएभन्दा धेरै नै बढी : अध्ययन
गाजा । हमासको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकभन्दा पनि धेरै प्यालेस्टिनीले गाजामा ज्यान गुमाएको एक अध्ययनले देखाएको छ । द लानसेन्ट मेडिकल जर्नलमा प्रकाशित अध्ययनले यो दाबी गरेको हो ।
बेलायतको नेतृत्वमा गरिएको यो अध्ययनमा सन् २०२३ को अक्टोबर ७ मा हमास विद्रोहीले इजरालयमा आक्रमण गरेपछिका ९ महिना अवधि समावेश छ । यस अध्ययनमा हमासको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्याङ्क, परिवारले आफन्त गुमाएको अनलाइन सर्भे र ओबिचुरीलाई आधार बनाइएको थियो ।
अध्ययनमा ३० जुन २०२४ सम्म ६४ हजार २६० प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ । यो आधिकारिक तथ्यांकभन्दा ४१ प्रतिशतले बढी हो ।
बेलायतमा रहेको इजरायली राजदूतावासले गाजाबाट प्राप्त कुनै पनि तथ्यांकलाई विश्वास गर्न नसकिने र यसले हमासलाई फाइदा पुर्याउने टिप्पणी गरेको छ । तर, संयुक्त राष्ट्रसंघले मन्त्रालयको तथ्यांकलाई नै आधिकारिक मान्ने गरेको छ ।
मन्त्रालयको तथ्यांकमा हमास विद्रोही र सर्वसाधारण भनेर छुट्टाइएको हुँदैन । तर, राष्ट्रसंघको हालैको एक रिपोर्टमा ६ महिनामा मारिने अधिकांश महिला र बालबालिका रहेको उल्लेख गरिएको थियो ।
इजरायलले भने हमासको तथ्यांकमा विश्वास गर्न नसकिने बताउँदै इजरायली डिफेन्स फोर्सले १७ हजार आतंकवादीलाई सफाया गरेको दाबी गरेको छ । यद्यपि, उसले यो तथ्याङ्क कहाँबाट ल्यायो भन्ने चाहिँ खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण