लमजुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
शनिबार, २७ पुस २०८१, ११ : ४४
काठमाडौँ । लमजुङ जिल्ला केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २७ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसको केन्द्रबिन्दु खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाई छ ।
पुस महिनामा लगातार भूकम्पहरू गइरहेका छन् । यसअघि पुस १९ गते मनाङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही दिन मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यस्तै, पुस १८ गते सिन्धुपाल्चोकमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो भने १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण