देउवाले सरकार र अध्यादेशको विरोध गरेको ‘फेक विज्ञप्ति’ भाइरल भएपछि...
काठमाडौँ । सभापति शेरबहादुर देउवाको नाममा ‘फेक विज्ञप्ति’ भाइरल भएपछि नेपाली कांग्रेसले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारका बारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिगभ्रमित गर्ने कुत्सीत मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सन्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार राति जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
हतास मनस्थितिबाट घृणित कार्य गरिएको भन्दै विज्ञप्तिमा निन्दा गर्दै भनिएको छ, ‘त्यस्ता गैरकानुनी कार्यमा संलग्न जो कसैलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ ।’
कांग्रेसले भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा अनुरोध समेत गरेको छ ।
यसअघि सामाजिक सञ्जालमा देउवाले वर्तमान सरकारको कार्यशैलीको विरोध गरेको र अध्यादेशको पनि घोर भर्त्सना गरेको भन्दै फेक विज्ञप्ति भाइरल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण