सहकारी संस्थालाई बैंकबाट ऋण लिने बाटो खोल्दै राष्ट्र बैंक
सोमबार, २९ पुस २०८१, २१ : ०६

काठमाडौँ । अब सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारीका लागि जारी गरेको मापदण्डको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
अहिले सहकारीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने अवस्था छैन । त्यसैले यी सहकारीले विषयगत संघ र राष्ट्रिय सहकारी बैंकसँग कारोबार गर्दै आएका छन् ।
प्रस्तावित मस्यौदामा सहकारीले कुल सम्पत्तिको ५ प्रतिशत वा कुल पुँजीकोषको शतप्रतिशतमध्ये जुन कम हुन्छ त्यो सीमासम्म ऋण लिनसक्ने व्यवस्था गरिएको छ ।
सहकारीले प्रारम्भिक पुँजीकोषको १५ गुणासम्म बचत गर्नसक्ने तथा प्राथमिक पुँजीकोषको १५ प्रतिशतसम्म मात्रै एउटा सदस्यलाई ऋण दिनसक्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म