सहकारी संस्थालाई बैंकबाट ऋण लिने बाटो खोल्दै राष्ट्र बैंक
सोमबार, २९ पुस २०८१, २१ : ०६
काठमाडौँ । अब सहकारी संस्थाले बैंकबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बचत तथा ऋण कारोबार गर्ने सहकारीका लागि जारी गरेको मापदण्डको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो ।
अहिले सहकारीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने अवस्था छैन । त्यसैले यी सहकारीले विषयगत संघ र राष्ट्रिय सहकारी बैंकसँग कारोबार गर्दै आएका छन् ।
प्रस्तावित मस्यौदामा सहकारीले कुल सम्पत्तिको ५ प्रतिशत वा कुल पुँजीकोषको शतप्रतिशतमध्ये जुन कम हुन्छ त्यो सीमासम्म ऋण लिनसक्ने व्यवस्था गरिएको छ ।
सहकारीले प्रारम्भिक पुँजीकोषको १५ गुणासम्म बचत गर्नसक्ने तथा प्राथमिक पुँजीकोषको १५ प्रतिशतसम्म मात्रै एउटा सदस्यलाई ऋण दिनसक्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण