शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान
मङ्गलबार, ०१ माघ २०८१, १० : ३७

काठमाडौँ । शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान भएको छ ।
एक महिलासहित दुई सदस्य नियुक्तिका लागि सिफारिस समितिद्वारा स्वीकृत ‘शिक्षक सेवा आयोगका सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम १५ दिनको समय दिएर मंगलबार दरखास्त आह्वान भएको हो ।
दरखास्त फाराम शिक्षा मन्त्रालयको वेबसाइटमार्फत पाउन सकिनेछ भने आवेदन मन्त्रालयको शिक्षालय शिक्षा शाखामा बुझाउन सकिने सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीले च्याम्पियन्स लिग जितेको बारे एम्बाप्पे, ‘कुनै गुनासो छैन’
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
-
केनको निर्णायक गोलमा इंग्ल्याण्डको संघर्षपूर्ण जीत
-
मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा
-
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
-
बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन