समाजवादी मोर्चाको बैठक आज
बुधबार, ०२ माघ २०८१, ०९ : २६
काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । दिउसो २ बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो ।
पछिल्लो समय समाजवादी मोर्चा निष्क्रिय रहेको अवस्थामा गत शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबिचको वार्तापछि बैठक बोलाउने समझदारी भएको थियो ।
४ असार २०८० मा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपाले समाजवादी मोर्चा बनाएका थिए । पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने मोर्चामा सक्रिय छैन ।
यसअघि माओवादी केन्द्रको आह्वानमा विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण