प्रधानमन्त्री कप क्रिकेट : एपीएफको लगातार दोस्रो जित
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ८ विकेटले हराएको हो । यसअघि मंगलबार भएको समूह ए अन्तरगतको खेलमा टोलीले कर्णाली प्रदेशमाथि १ सय ११ रनको सहज जित निकालेको थियो ।
१५ ओभरको खेलमा गण्डकीले प्रस्तुत गरेको ७१ रनको लक्ष्य एपीएफले मात्र ९.३ ओभरमा २ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २६ रन बनाइन् । उनले २१ बलमा २ चौका प्रहार गरिन् ।
त्यस्तै, ओपनर ममता चौधरीले १७ बलमा १८ रन जोडिन् । उनले ३ चौका प्रहार गरिन् । राजमति ऐरी ८ बलमा ८ रन जोड्दै पभेलियन फर्किइन् । गण्डकीका लागि आकृति तिवारी र यशोधा भुजेलले १–१ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित १५ ओभरमा ५ विकेटको क्षतिमा ७० रन बनाएको थियो । टोलीका लागि कप्तान सिर्जना पौडेलले ३४ बलमा सर्वाधिक २५ रन जोडिन् । उनले एक चौका प्रहार गरिन् ।
त्यस्तै, रेखा तामाङले ३० बलमा १७ रन तथा श्रेया शाहीले १० बलमा १३ रन जोडिन् । एपीएफका लागि बिनु बुढाले ३ ओभर बलिङ गर्दै २ विकेट लिइन् भने करुणा भण्डारीले १ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण