काडाँघारीबाट रक्तचन्दनजस्तो देखिने काठसहित २ जना पक्राउ
बुधबार, ०२ माघ २०८१, १३ : ०५
काठमाडौँ । प्रहरीले काठमाडौंको काँडाघारीबाट रक्तचन्दन (रातो काठ) सहित २ जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूचनाका आधारमा उक्त काठसहित बुधबार २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बोरामा प्याक गरेर राखिएको अवस्थामा राखिएको ४३२ केजी रातो काठ बरामद गरेको हो । उक्त काठसहित रमेश थापा र ज्ञान बहाददुर तिमिल्सिनालाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
पक्राउ परेका थापा कापमनपा वडानम्बर १४ र तिमिल्सिना सिन्धुपाल्चोक ठेगाना रहेको प्रहरीले जनाएको छ । यसबारे थप अध्ययन जारी रहेको पनि प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण