ओली सरकारले सत्ताको दुरुपयोग गर्यो : माधव नेपाल
बुधबार, ०२ माघ २०८१, १८ : १२
काठमाडौँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली नेतृत्वको सरकारले सत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन् । बुधवार बसेको समाजवादी मोर्चाको बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसद् छलेर अध्यादेश ल्याउने काम नियम विपरित भएको बताए ।
‘ओली सरकारबाट सत्ताको दुरुपयोग भइरहेको छ । संसद् र संविधानलाई उपेक्षा गर्ने काम भइरहेको छ । संसद्लाई छलेर, विधेयक समितिमा विचाराधीन रहेको बेला अध्यादेश ल्याउने काम भएको छ । यो नियम विपरित काम हो । सरकारलाई खबरदारी गर्नुपर्छ । यसका लागि के–के दबाब दिनुपर्छ दिन्छौँ’, नेपालले भने ।
मोर्चाको बैठकले सरकारविरुद्ध खबरदारी गर्न माघ १६ गते बृहत् कार्यक्रम गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण