युद्धविराम सम्झौताबारे के भन्छन् इजरायल र हमास ?
तेल अभिभ । गाजामा युद्धविराम गर्ने र इजरायली बन्धकहरूको रिहाइको लागि इजरायल र हमासबिच सम्झौता भएको छ । यस सम्झौताको बारेमा दुवै पक्षबाट प्रतिक्रिया आएको छ । समूहले युद्धको क्रममा गाजामा भोगेको पीडाको लागि इजरायललाई माफ नगर्ने हमासका प्रमुख वार्ताकार खलील अल–हय्याले भनेका छन् ।
सबै पीडितहरूको तर्फबाट बगेका रगतको प्रत्येक थोपा र पीडाको प्रत्येक आँसुका लागि यसलाई आफूले नभुल्ने पनि उनले बताए । इजरायलले यस क्षेत्रमा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको उनको भनाइ थियो ।
यसैबिच प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनको वार्ता टोलीले सम्झौतालाई अन्तिम रूप दिने प्रयासलाई समर्थन गर्ने इजरायली राष्ट्रपति इसहाक हर्जोगले बताएका छन् । उनले मन्त्रिपरिषद् र सरकारलाई समेत यसलाई मञ्जुरी दिन आह्वान गरेका थिए । इजरायली मन्त्रिपरिषद्ले मतदान मार्फत सम्झौतालाई अनुमोदन गर्नुपर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण