भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला
शुक्रबार, ०४ माघ २०८१, १४ : १७
भक्तपुर । भक्तपुरमा एक पुरुष मृतावस्थामा फेला परेका छन् । शुक्रबार बिहान मध्यपुर ठिमी नगरपालिका वडा नं. १ स्थित विपी आँखा अस्पताल नजिकको मनहरा खोलामा अन्दाजी ४५ वर्षीय पुरुष मृतावस्थामा फेला परेका हुन् ।
मृतकको सनाखत हुन बाँकी रहेको छ भने यसबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण