अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ : गृहमन्त्री लेखक
शुक्रबार, ०४ माघ २०८१, १५ : ३५
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अराजक काम गर्नेलाई कानुन बमोजिम कारबाही हुने बताएका छन् । शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अराजक काम गर्ने जो सुकै भएपनि अनुसन्धानको दायरामा ल्याएर कानुन बमोजिम कारबाही गरिने बताएका हुन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणका विषयमा धारणा राख्दै उनले भने,‘दिनेश त्रिपाठीमाथि आक्रमण भएको विषयमा ध्यानाकर्षण भएको छ । हामी लोकतान्त्रिक व्यवस्थामा छौँ । पेसागत अधिकार हकलाई सुनिश्चित गरिएको छ । उपचार गरे बापत चिकित्सक, बहस गरेबापत अधिवक्ता कुटिने भए समाज कहाँ पुग्छ ? दिनेश त्रिपाठीमाथि भएको आक्रमणमा निन्दनीय छ ।’
गृहमन्त्री लेखकले दिनेश त्रिपाठीमाथि आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरिएको र अन्यको खोजी भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण