गाजामा युद्धविराम सम्झौताको नेपालद्वारा स्वागत
काठमाडौँ । गाजापट्टीमा युद्ध विरामसम्बन्धी सम्झौताको नेपाल सरकारले स्वागत गरेको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै ‘गाजामा बन्धकहरूको रिहाइ र युद्धविराम सम्झौता’को स्वागत गरेको हो ।
मन्त्रालयले अक्टोबर ७, २०२३ देखि मध्यपूर्वमा भइरहेका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको पनि जनाएको छ ।
‘हामी हालैको युद्धविराम सम्झौतासम्बन्धी घोषणाको स्वागत गर्दछौँ । हामी आशा गर्छौं कि यसले गाजाका जनतालाई मानवीय सहायताको निर्बाध आपूर्ति सुनिश्चित गर्दै सम्बन्धित पक्षहरूलाई दिगो शान्ति र स्थायित्वको बाटोमा डोऱ्याउनेछ’, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीसहित सबै बन्धकहरूको रिहाइको लागि निरन्तर आग्रह गर्दै आएको उल्लेखसहित मन्त्रालयले अहिलेको महत्त्वपूर्ण सम्झौता गराउन मध्यस्थतामा संलग्न सबैको प्रयासप्रति आभार प्रकट गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण