न्यूनतम् पारिश्रमिक वृद्धि गरिनुपर्नेमा पत्रकारहरुको जोड

खोटाङ । पत्रकारको न्यूनतम पारिश्रमिक समयानुकूल वृद्धि गरिनुपर्नेमा यहाँका पत्रकारहरुले जोड दिएका छन् । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले आज दिक्तेलमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संशोधन विषयक अन्तरक्रिया कार्यक्रमका सहभागी पत्रकारहरुले न्यूनतम पारिश्रमिक समयानुकूल संशोधन गरेर वृद्धि गरिनुपर्ने बताएका हुन् ।
कार्यक्रममा सहभागी वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी कृष्ण आचार्यले न्यूनतम पारिश्रमिक निर्धारण समितिले मोफसलमा रहेर पत्रकारिता गरिरहेका पत्रकारलाई समेत सम्बोधन गर्नेगरी ऐन संशोधन गर्नुपर्ने बताए।
अन्तरक्रियालाई सम्बोधन गर्दै समितिका सदस्य टेनिस रोकाले पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने जिम्मा नेपाल सरकारको भएकाले कार्यक्रममा उठेका विषयहरुलाई सम्बन्धित ठाउँमा पुर्याएर सम्बोधन गराउने प्रतिबद्धता जनाए ।
उनले भने, “तपाईँहरूले दिनुभएको सुझाव तथा गुनासालाई समेटेर प्रतिवेदन तयार पार्छौँ । हामीले तयार पारेको प्रतिवेदन सम्बन्धित निकायमा बुझाएर कार्यान्वयन गर्न लगाउँछौँ ।”
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखासँगको सहकार्यमा अन्तरक्रिया आयोजना गरिएको हो । यसैबीच, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले पत्रकार महासङ्घको उपत्यका प्रदेश अध्यक्षमा निर्वाचित टेनिस रोकालाई सम्मान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
-
प्रधानन्यायाधीश नेतृत्वको टोलीद्वारा बेलायतमा भेटघाट
-
भरतपुर अस्पतालमा ‘एमबिबीएस’ कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेका छौँ : मन्त्री पौडेल
-
ट्याक्टरले ठक्कर दिँदा जन्ती गइरहेकी एक महिलाको मृत्यु, एक घाइते
-
बालाजुस्थित करिडोर सडक डुबानमा (तस्बिरहरु)
-
१० बजे १० समाचार : दुई घण्टासम्म ओली–देउवा वार्ता, एमाले महासचिवको प्रस्तावलाई ओलीले गरे अस्वीकार