प्रधानमन्त्री कप महिला क्रिकेट : मधेस प्रदेशमाथि आर्मी क्लबको सानदार जित
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशमाथि १० विकेटको सानदार जित हासिल गरेको छ ।
धनगढीस्थित फाप्ला मैदानमा खेलिएको खेलमा टस जिती ब्याटिङको निर्णय लिएको मधेस प्रदेश १५.२ ओभरमा केवल २५ रन बनाउँदै अलआउट भएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको विभागीय टोली त्रिभुवन आर्मी क्लबले भने २.५ ओभरमै कुनै पनि विकेट नगुमाई २९ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
आर्मी क्लबका लागि ओपनर सम्झना खड्काले अविजित २२ रनको योगदान गरिन् । उनले १० बलमा चार चौका पनि हिर्काइन् । अर्की ओपनर अञ्जली विश्वकर्माले अविजित चार रन बटुलिन् ।
त्यसअघि, मधेस प्रदेशका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । मधेस प्रदेशका सात ब्याटरले त खातासम्म खोल्न सकेका थिएनन् ।
ओपनर प्रतिमा साह र सिमा कुँवर खाता खोल्नुअघि नै पेभेलियन फर्किए । कप्तान सरस्वती पनि शून्य रनमै आउट भइन् । रोजी कडारी, मोनिका साह, दिपा राम र प्रज्ञाँ क्षेत्रीले पनि खाता खोल्न सकेनन् ।
नवौँ नम्बरमा क्रिज समाल्न आएकी भूमी सिंहले सर्वाधिक १० रन बनाइन् । भूमी वाहेक अन्य कुनै पनि ब्याटरले बनाएभन्दा बढी रन त मधेस प्रदेशले अतिरिक्त रुपमा पाएको थियो ।
मधेस प्रदेशले अतिरिक्त रुपमा सात रन पायो । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी साक्षी यादवले चार रन बनाइन् । सिवानी साह तीन रन बनाउँदै आउट भइन् ।
त्रिभुवन आर्मी क्लबका बलर आश्मा पुलामी मगरले तीन तथा लक्ष्मी साउद र मनिषा चौधरीले दुई–दुई विकेट लिए । इश्वरी बिष्ट र सिता शाहीले पनि एक–एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण