सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौँ । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक खेलकुद संघले माघ १० गतेदेखि आयोजना गर्न लागेको सभापति कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिताको खेल तालिका सार्वजनिक सार्वजनिक गरेको हो ।
तालिका अनुसार उद्घाटन खेलमा चर्च व्वाईज फुटबल क्लब र संकटा क्लबबिच खेल हुनेछ । त्यस्तै माघ ११ गते मच्छिन्द्र र एपिएफ क्लब, १२ गते पुलिस क्लब र बागमती क्लब र माघ १३ गते एनआरटी र फ्रेन्ड्स क्लबबिच खेल हुने आयोजकले जनाएको छ ।
लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा दशरथ रंगशालामा हुन लागेको उक्त प्रतियोगिता माघ १७ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले २६ लाख पुरस्कार पाउनेछ । उपविजेता टोलीले १३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई २५ हजार र प्लेयर अफ द म्याचलाई १५ हजार प्रदान गर्ने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा कांग्रेस सांसद एवं महाधिवेशन निर्देशक समितिका संयोजक मोहन बहादुर बस्नेतले नेपालमा खेल क्षेत्रको विकासका साथै खेलाडीहरूलाई स्वदेशमा नै अवसर प्रदान गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र समापन कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण