चीनको नाका जोड्ने कालिकोट–हिल्सा सडक स्तरोन्नति गर्दै सरकार
काठमाडौँ । सरकारले चीनको नाका जोड्ने कालिकोट–हिल्सा सडकको स्तरोन्नति गर्ने भएको छ । कुल अनुमानित लागत ७ अर्ब ९२ करोड रुपैयाँमा उक्त सडक निर्माण गरिने सडक विभागले जनाएको छ ।
विभागकाअनुसार सुदूरपश्चिम प्रदेशको अछामबाट कर्णाली प्रदेशको कालिकोट हुँदै हिल्सा नाकासम्म जोड्ने गरी ८९.५६ किलोमिटर दूरीको यो सडक निर्माण हुने छ । रहफ भैरवस्थान असरा–तुल्ता बेलखेत–दुलाकोडा–भानकोट–कालिकोट–हिल्सासम्मको यो सडकको स्तरोन्नति गर्न लागिएको छ ।
यो सडक निर्माण सुरु भएको मितिदेखि ३६ महिनामा निर्माण गरिसक्नुपर्ने विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)मा उल्लेख छ । यो सडक २५–२५ मिटर गरी ५० मिटरको दुई लेनको निर्माण हुन लागेको छ । सडक विभागका अनुसार सडक अछामको तुर्माखाँद गाउँपालिकाबाट सुरु हुनेछ भने कालिकोटको रास्कोट नगरपालिकाको बक्नरकोटीमा अन्त्य हुनेछ । काठमाडौँबाट यो आयोजना क्षेत्र पुग्न पृथ्वी राजमार्ग र नारायणघाट मुग्लिङ राजमार्ग र पूर्व–पश्चिम (महेन्द्र)राजमार्ग, रत्न राजमार्ग र कर्णाली राजमार्ग हुँदै आयोजनाको सुरुको स्थान रहफ पुग्न झोलुङ्गे पुलबाट जाने व्यवस्था छ ।
विभागले हालै यो सडक खण्डको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआईए) तयार गरी वन तथा वातावरण मन्त्रालयलाई प्रस्ताव गरेको थियो । वन तथा वातावरण मन्त्रालयले उक्त सडक खण्डका कारण पर्न सक्ने प्रभावको विषयमा राय सुझावको लागि सर्वसाधारणको नाममा सूचना जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण