जेलमै बस्नका लागि अपराध गर्छन् महिला
टोकियो । हामीमध्ये कतिपयलाई जेलको नाम सुन्दै जिरिङ्ग हुन्छ । तर एउटा यस्तो ठाउँ पनि छ जहाँ जेलमा बस्न पाइन्छ भनेर मानिसहरू अपराध समेत गर्छन् ।
यस्तो अरू कतै होइन जापानमा भइरहेको छ । जापानमा वृद्ध जनसंख्या बढ्दो छ । न्यून जन्मदर र काम गर्ने उमेर समूह खुम्चिँदै गइरहेको अवस्थामा जापानमा वृद्ध जनसंख्या तीव्र गतिमा बढिरहेको छ । मान्छे नभएर लाखौं घर वेवारिसे भएका छन् । वृद्धवृद्धाहरू एक्लो निरुपाय जीवन बाँच्न बाध्य छन् । एक्लोपन यति चरम भएको छ कि केही वृद्ध महिलाहरू बरु जेलमै बस्न रुचाउँछन् ।
पैसा तिर्न सक्ने कसै कसैले त जेलमा बस्न भनेर मासिक २०/३० हजार येन तिरी पनि रहेका छन् । यो कुरा अरू कसैले होइन तोचिगी प्र्रिफेक्चरमा रहेको महिला करागारका एक अधिकारी ताकायोशी शिरानागाले सीएनएनलाई भनेका हुन् । जेलमा रहेका केही महिला पसलबाट पैसा नतिरी सामान उठाएको आरोपमा आएका हुन् । ‘यो जेलमा मानिसहरू निकै राम्रा छन् । बरु मेरो जीवन यहाँ स्थिर छ,’ जेलमा बस्दै आएकी एक महिलाले भनिन् । जेलका केही बन्दीहरू कारागारमै रहेको कारखानामा काम पनि गर्छन् ।
जेलभित्र उनीहरूले नियमित खाना, निःशुल्क स्वास्थ्योपचार र वृद्ध हेरचाह पाउँछन् । योभन्दा ठुलो कुरा कसैको साथ पाउँछन्, जुन बाहिर उनीहरूले पाउँदैनथे । ५१ वर्षकी योको गएको २५ वर्षमा लागू औषधसम्बन्धी मामिलामा पाँच पटक जेल गइसकिन् । हरेक पटक जेलबाट बाहिर आएर भित्र जाँदा उनले जेलभित्र वृद्धाहरूको संख्या बढेको देखिरहेकी छिन् । केही त जेलमा आउन पाइयोस् भनेर जानी जानी नराम्रा कुरा गर्ने उनले बताइन् । गरिबीका कारण पनि जेलमा आउने पनि छन् । आर्थिक हैसियत स्थिर भएको भए र सहज जीवनशैली भएको भए आफू कहिले जेलमा नआउने आकियोले बताइन् । आकियो खाना चोरीको मामिलामा जेल परेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशबाट पदाधिकारी हटाउने विवाद सम्बन्धी मुद्दा : सर्वोच्च बार र नेपाल बारबाट ८ जना 'एमिकस क्युरी' पठाइयो
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण