पर्यटक बोलाउन पोखरामा गरियो माघमा दाइँ
पोखरा । सामान्यतः मङ्सिरभित्रै नेपालीहरूले धान थन्क्याउँछन् । सँगै दाइँ गर्छन् । तर पोखरामा अलि अनौठो भयो । पोखराका पर्यटन व्यवसायीहरूले पर्यटक बोलाउन भन्दै माघमा दाइँ गरे । पोखरा पर्यटन परिषद्ले पोखरा–२३ फेवा फाँट, मार्गी (पामे) मा दाइँ महोत्सव गरेका हुन् । तर दाइँ गर्ने समय नमिलेको भन्दै आयोजकहरूको आलोचना भइरहेको छ ।
‘माघ महिनामा दाइँ महोत्सव गरेर पोखरा पर्यटन परिषद्ले के सन्देश दिन खोजेको हो ?,’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर आलोचना गरे । यद्यपि पर्यटन व्यवसायीहरूले पर्यटकलाई मात्रै लक्षित गरेर महोत्सव गरिएको जनाएको छ । हरेक असार १५ गते रोपाइँ महोत्सव गर्दै आएको परिषद्ले यो वर्षदेखि दाइँ महोत्सव पनि गर्न थालेको हो । महोत्सवमा १० वटा गोरु लगाएर दाइँ गरिएको हो ।
महोत्सवमा धान चुट्ने, धानको रास बनाउने, धान बत्ताउने गरिएको थियो । दाइँमा सहभागी हुनेहरूलाई परम्परागत झल्को दिन खाजा र खाना पनि परालमाथि र बारीको पाटामा बसेर खान दिइएको थियो । महोत्सवमा स्वदेशी पर्यटकसँगै विदेशी पर्यटक पनि सहभागी भए । पोखरा सबै मौसमका लागि भन्ने नाराका साथ गरिएको महोत्सवले कृषि पर्यटनको विकास हुने परिषद् अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।
महोत्सवको गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गरे । उनले यस प्रकारका कार्यक्रमले कृषि सहित पर्यटनको विकासमा सघाउ पुग्ने बताए ।
परिषद् अध्यक्ष पहारीले असारमा लगाएको खेती परम्परागत शैलीमा दाइँ गरी भित्राउने कार्यलाई नयाँ पुस्ता एवं विदेशी पर्यटकका लागि चिनारी दिन महोत्सव सुरु गरिएको बताए । आगामी वर्षमा पनि महोत्सवलाई निरन्तरता दिने बताए ।
पोखरामा यसअघि होटल सङ्घले समेत दाइँ महोत्सव गरेको थियो । तर निरन्तरता दिन सकेको थिएन । परिषद्ले आयोजना गरेको रोपाइँ महोत्सव १९ औ संस्करण पूरा भइसकेको छ । नयाँ पुस्तालाई धान बोरामा होइन, खेतमा फल्छ भन्ने सिकाउन महोत्सवले टेवा दिने अपेक्षा रहेको परिषद्का सहकोषाध्यक्ष एवं महोत्सव संयोजक बाबुराम पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण