भारतका विभिन्न सहरबाट १४५ जनाको उद्धार

काठमाडौँ । मानव बेचबिखन विरुद्ध काम गर्दै आएको संस्था ‘किन इन्डिया’ ले सन् २०२४ मा १४५ जनालाई उद्धार गरेको छ । सो संस्थाले भारतका विभिन्न सहरहरूमा बेचबिखनमा परेका र बेचबिखनमा पर्ने उच्च जोखिममा रहेका नेपाली तथा भारतीय महिला तथा बालबालिकासहित केही पुरुषहरूको उद्धार गरेको हो ।
सोमबार दिल्लीस्थित ‘किन इन्डिया’ को कार्यालयमा सम्पन्न बोर्डको बैठक पश्चात् एक विज्ञप्ति जारी गर्दै सो संस्थाले १४५ जनाको उद्धार गरिएको जानकारी दिएको छ । बैठकमा संस्थाका बोर्ड सदस्यहरू, नेपाल टिमका सदस्यहरू तथा साझेदार संस्थाका प्रतिनिधिहरू र शुभचिन्तकहरूको भर्चुअल उपस्थिति समेत रहेको थियो । बैठकमा संस्थाद्वारा पछिल्लो एक वर्षमा गरिएका कामहरूको समीक्षा गर्नुका साथै आगामी दिनहरूमा गरिने कामहरूको योजना निर्माण गरिएको संस्थाका निर्देशक नवीन जोशीले जानकारी गराए ।
संस्थाका नेपाल संयोजक इन्द्रराज भट्टराईका अनुसार सन २०२४ मा नेपाल र भारतमा गरी २६ वटा घटनामा आरोपितहरू विरुद्ध मुद्दा दर्ता भएको छ । संस्थाले हाल जीएसआइएफ, शुभ अवसर ग्राम नेपाल, शक्ति समूह लगायत संस्थासँगको सहकार्यमा काम गरिरहेको उनले बताए ।
उद्धार तथा स्वदेश फिर्तीको क्रममा संस्थालाई सहयोग गर्ने नेपाल सरकारका विभिन्न निकाय, नेपाल प्रहरी, साझेदारी संस्था तथा नेपाली राजदूतावास, भारतीय प्रहरी तथा भारत सरकारका विभिन्न निकायहरू र प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा संस्थाले धन्यवाद समेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन