रातभर वाईफाई खुलै राख्दा स्वास्थ्यमा कस्तो पर्छ प्रभाव ?

काठमाडौँ । हामीमध्ये कतिपयको घरमा दिन रात चौबिसै घण्टा बाइफाई अन हुन्छ । यसरी रातमासमेत वाईफाई अन राख्दा स्वास्थ्यमा कस्तो प्रभाव पर्छ भन्ने कुरा अहिले पनि बहसकै विषय हो । तर केही अनुसन्धान र विशेषज्ञहरूले भने वाईफाई रेडियो फ्रिक्वेन्सी (आरएफ) विकिरणको सम्पर्कमा लामो समयसम्म रहँदा सम्भावित रूपमा स्वास्थ्यमा असर पर्न सक्छ भनेर सुझाव दिएका छन् ।
वाइफाईको डिभाइसबाट निस्कने आरएफ विविकरण कम तीव्रताको हुन्छ । तर लामो समयसम्म यसको सम्पर्कमा रहँदा टाउको दुख्ने, थकान महसुस हुने जस्ता समस्या देखिन सक्छ । केही अध्ययनका अनुसार वाईफाईबाट निस्कने विकिरणले मस्तिष्कको तरङ्गलाई समेत प्रभावित पार्न सक्छ । यसका कारण निद्राको चक्रमा खलल उत्पन्न हुन सक्ने बताइएको छ ।
- मानसिक तनाव
आरएफ बिकिरणले मस्तिष्कको कार्य क्षमता र तनावको स्तरलाई पनि प्रभावित पार्न सक्छ । तर यसको प्रभाव कम तीव्र हुने र हरेक व्यक्तिमा असर पनि फरक फरक हुने बताइएको छ । केही अनुसन्धानले भने आरएफ बिकिरणले डीएनएमा क्षति पुर्याउने अनि यो अक्सिडेटिभ तनावको कारण समेत बन्न सक्ने भनिएको छ ।
- क्यान्सरको खतरा पनि छ कि ?
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आरएफ बिकिरणलाई सम्भावित कार्सिनोजेनिक अर्थात् क्यान्सर उत्पन्न गराउने मानेको छ । बच्चाको मस्तिष्क र शरीर विकसित भइरहेको हुन्छ । त्यसैले उनीहरू यस्तो विकिरणप्रति बढी संवेदनशील हुन सक्छन् । त्यसैले सुत्ने समयमा वाईफाईको राउटर बन्दै गरिदिनुस् । सुत्ने कोठामा सकेसम्म वाईफाईको राउटर वा अन्य वायरलेस डिभाइस नराख्नु वेश हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री मधुबालाको दुखद कथा
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान