ब्रिक्सलाई ट्रम्पले दिए यस्तो चेतावनी
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक ब्रिक्स देशहरूलाई चेतावनी दिएका छन् । ब्रिक्सका सदस्य देशहरूले डलरबाट टाढिने र आफ्नो छुट्टै मुद्रा लागू गर्ने नीति जारी राखेमा अमेरिकासँगको व्यापारमा १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका हुन् ।
‘ब्रिक्स राष्ट्रको रूपमा यदि उनीहरूले यसको बारेमा सोच्न मात्रै पनि खोजे भने उनीहरूलाई १०० प्रतिशत कर लाग्नेछ, र त्यसैले उनीहरूलाई यो योजनालाई तत्कालै छाड्न बाध्य हुनेछन्,’ ओभल अफिसमा आफ्नो कार्यकारी आदेशमा हस्ताक्षर समारोहका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने ।
विश्वव्यापी व्यापारमा डलरको प्रयोगमा आएको कमीतर्फ संकेत गर्दै उनले यो कुरा बताएका हुन् ।
- धम्की होइन यो, अमेरिकाको स्पष्ट अडान हो
आफ्नो भनाइलाई धम्कीको रूपमा नभई यस विषयमा स्पष्ट अडानको रूपमा हेर्नुपर्ने ट्रम्पले बताए । राष्ट्रपतिले यस विषयमा आफ्ना पूर्ववर्ती राष्ट्रपति बाइडेनले गरेका टिप्पणीहरूलाई पनि उल्लेख गरे । बाइडेनले यस विषयमा अमेरिका कमजोर स्थितिमा रहेको संकेत गरेका थिए । तर ट्रम्पले उनको कुरामा असहमति जनाएका छन् ।
ब्रिक्स राष्ट्रहरूमा अमेरिकाको प्रभाव रहेको र उनीहरू आफ्नो योजना अगाडि बढाउन सक्षम नहुने कुरामा उनले जोड दिएका थिए । ब्रिक्सले त्यसो गर्न चाहे भने पनि केही नभएको तर अमेरिकासँगको व्यापारमा उनीहरूले आफ्ना सामानमा कम्तीमा सय प्रतिशत भन्सारको सामना गर्नु पर्ने उनले बताए । तर यो कुनै धम्की नभएकोमा उनले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण