खाने होइन त सिन्धुलीको जुनार ? (फोटोफिचर)
काठमाडौँ । सिन्धुलीको बाटो भएर यात्रा गर्ने यात्रुहरूको प्रमुख कोसेली बनेको छ, सिन्धुलीको जुनार । त्यसैले यात्रुहरू ओहोरदोहोरको क्रममा दुई–चार केजी भए पनि जुनार बोक्न छुटाउँदैनन् ।
यतिबेला सिन्धुली जिल्लाको गोलन्जार गाउँपालिका ५ खनियाखर्क बजार जुनार र सुन्तलाले पहेँलपुर भएको छ ।
काठमाडौँ– धुलिखेल– सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको यति बेलाको मुख्य कोसेली नै जुनार र सुन्तला बनेको छ । बिपी राजमार्गमा यात्रा गर्ने सवारी साधनका यात्रुहरू जुनार किन्नैका लागि भए पनि केही समय खनियाँखर्कमा विश्राम गर्ने गर्दछन् ।
यहाँको जुनारले छिमेकी जिल्लालगायत काठमाडौँ र भारतका विभिन्न सहरसम्म लोकप्रियता पाएको छ ।
राजमार्गमा जुनारको कारोबार समेत राम्रो हुँदा त्यस क्षेत्रका किसान र व्यापारीहरूको जीवन स्तर समेत उकासिएको छ ।
पूर्वी तराईका विभिन्न जिल्लाबाट यही राजमार्ग हुँदै काठमाडौँ आवात जावत गर्ने दैनिक हजारौँ साना ठुला सवारीका यात्रु नै जुनारको मुख्य ग्राहक हुन् ।
बिपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार विक्रीका लागि राखेपछि खनियाखर्क बजार नै जुनारले उज्यालिएको स्थानीय बताउँछन् । खनियाखर्क बजार आसपासमा मात्रै दुई दर्जन बढी जुनार व्यवसायी छन् ।
किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानीय बताउँछन् । अहिले भने जुनारको सिजन सकिन लागेकाले खनियखर्कमा १२० देखि १४० रुपैयाँ प्रति किलोसम्ममा जुनारको कारोबार भइरहेको छ ।














तस्बिर: नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण