सहकारी ठगी प्रकरण
रविलाई कानुन व्यवसायी र परिवारको जिम्मा लगाइयो, बिहीबार थुनछेक बहस हुने
बुधबार, ०९ माघ २०८१, १८ : ०२
बुटवल। रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ । बुधवार अदालतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको हो ।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लिइएको बयान साँझ सकिएपछि भोली थुनछेक बहस हुने भएको छ । आदेशमा लामिछानेलाई भोलि बिहान १० बजे उपस्थित हुने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लगाइको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले रातोपाटीलाई बताए ।
भोली सुरुमा सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण