संविधानपछि बन्नुपर्ने कानुनहरू बनाउन ढिलो भयो, समितिहरूमा गुणात्मक उपस्थिति बढाऔँ : महामन्त्री शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानुनहरू बन्न नसकेको बताउँदै संसदीय समितिहरूले गुणात्मक रूपमा काम गर्नुपर्ने बताएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले संविधानपछि बन्नुपर्ने कानुनहरू बनाउन ढिलाइ भइरहेको बताएका हुन् ।
महामन्त्री शर्माले बन्न बाँकी कानुनहरू बनाउन संसदीय समितिहरूले उपसमिति गठन गरेर कानुनी अभ्यास गर्न जरुरी रहेको बताए । उनले समितिमा सांसदहरूको उपस्थिति संख्यात्मकभन्दा गुणात्मक बनाउन उपसमितिमार्फत काम गर्न सुझाव दिए । उनले संघीय निजामती विधेयकलाई जनमुखी बनाउनुपर्ने धारणा राखे । उनले मुस्कानसहितको सेवा नभई सेवाग्राही मुस्कुराउने गरी सेवा प्रवाह हुने गरी विधेयक ल्याउनु पर्ने बताए ।
उनले भने, ‘संविधानपछि बन्नुपर्ने धेरै कानुनहरू अहिले पनि प्रतीक्षारत छन् । ढिलो भइरहेको छ । हामीले गर्न सकेनौँ भन्ने सन्दर्भमा नागरिकपंक्तिमा प्रश्न पनि छन् । त्यसलाई दृष्टिगत गर्दै यसलाई छिटो छरितो बनाउने सन्दर्भमा उपसमितिमार्फत थप एक्सरसाइज गरौँ ।’
संसदीय समितिहरू कोरम पुर्याउने कुरामा अल्झिदा परिणाममुखी काम नभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
-
अमेरिकी आक्रमणको कडा जवाफ दिने इरानको चेतावनी
-
सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो, चाँदीको घट्यो
-
राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षको अवधिमा जम्मा ३७ जनाको कलेजो प्रत्यारोपण
-
युक्रेनमा रूसको भीषण आक्रमण : १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण