शक्ति बस्नेतले शक्तिको दुरुपयोग गरी संस्थागत धाँधली गरेको जनार्दन निकट विद्यार्थीहरूको आरोप
काठमाडौँ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को आसन्न २३ औँ राष्ट्रिय सम्मेलनको लागि भएको मनोनयनमा उम्मेदवार हेरफेर गरिएको भन्दै विवाद भएको छ ।
पार्टी उपमहासचिव शक्ति बस्नेतले पदको दुरुपयोग गरी उम्मेदवार हेरफेर गराएको अर्का उपमहासचिव जनार्दन शर्मा निकट विद्यार्थीहरूको आरोप छ । महासचिवको उम्मेदवारलाई उपाध्यक्षमा रूपान्तरण गरी विधि प्रक्रियाको नाङ्गो उल्लङ्घन गरिएको निवर्तमान उपाध्यक्ष मदन भट्टराईले बताए ।
उनले भने– 'हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन मा व्यवस्थित ढङ्गले निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय अनुसार अखिल (क्रान्तिकारी)को केन्द्रीय समिति को २३ औँ राष्ट्रिय सम्मेलनको प्रक्रिया अघि बढिरहेको बेला निर्वाचनलाई नै बदनाम गर्ने गरी गुटगत स्वार्थमा उम्मेदवारहरूको हेरफेर भएको छ । पार्टीबाट निर्वाचन व्यवस्थापनको जिम्मा लिएका शक्तिबहादुर बस्नेतको चरम दबाबमा महासचिवको उम्मेदवारलाई उपाध्यक्षमा रूपान्तरण गरी विधि प्रक्रियाको नाङ्गो उल्लङ्घन भएको छ । यस बारेमा निर्वाचन आयोगलाई गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु । '
यो निर्णयप्रति आपत्ति प्रकट गर्दै गलत निर्णय यथाशीघ्र सच्याउन उनीहरुले माग गरेका छन् ।
उम्मेदवारको प्रारम्भिक नामावलीमा महासचिवको उम्मेदवार रहेका रोशन खड्काको नाम अन्तिम नामावलीमा खुला उपाध्यक्षमा समावेश गरेपछि विवाद सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण