राष्ट्रिय सम्मेलन
अखिल क्रान्तिकारीको निर्वाचन : सापकोटालाई समर्थन गर्दै योगेन्द्र बुढाले फिर्ता लिए उम्मेदवारी
शुक्रबार, ११ माघ २०८१, २० : ०७

काठमाडौँ । अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनमा अध्यक्षका उम्मेदवार योगेन्द्र बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।
सम्मेलनबाट नेतृत्व निर्माणको क्रममा संगठनमा सापेक्षित केन्द्रीकरण पैदा गर्ने उद्देश्यले आफूले उम्मेदवारी फिर्ता लिई अर्का उम्मेदवार विजय प्रकाश शर्मा सापकोटालाई समर्थन गर्ने निर्णय लिएको बुढाले विज्ञप्तिमार्फत जनाएका छन् ।
उनले सापकोटालाई अध्यक्ष पदमा मतदान गरी विजय गराउन हार्दिक अपिल गर्दै बाँकी रहेका अध्यक्षका उम्मेदवारलाई पनि उम्मेदवारी फिर्ता लिई विजयलाई समर्थन गर्न आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेनिकट कर्मचारीको महाधिवेशन : रेमन्त र भवानीबिच प्रतिस्पर्धा हुने
-
यस्तो छ आजको तरकारी र फलफूलको मूल्य
-
समयले हटाए इन्डियाज गट लेटेन्टका सबै एपिसोड
-
सार्वजनिक वाईफाई प्रयोग गर्नु कति सुरक्षित ?
-
जनयुद्ध न्यायका लागि लडिएको मुक्तियुद्ध थियो : सहयात्री
-
नागरिकता सम्बन्धी ट्रम्पको निर्णयपछि सकसमा छन् भारतीय