एपिएफलाई स्तब्ध बनाउँदै मच्छिन्द्र सेमिफाइनलमा
काठमाडौँ । सनिष श्रेष्ठको गोल प्रेरणामा मच्छिन्द्र क्लबले सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । दशरथ रंगशालामा मच्छिन्द्रले विभागीय टोली एपिएफलाई १–० को साँघुरो अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको हो ।
निर्धारित समय बराबरीको नतिजातर्फ अग्रसर थियो । तर अतिरिक्त समय सनिषको गोलबाट मच्छिन्द्रले रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । त्यसअघि खेलको दोस्रो मिनेटमा नै एपिएफले पहिलो अवसर बुन्यो । सुजनकुमार पुलामीले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार मच्छिन्द्रका गोलकिपर विशाल श्रेष्ठले पन्च गर्दै बाहिर पठाए । मच्छिन्द्रका अर्मान्ड बिडौमले १५औँ मिनेटमा करिब १२ यार्डबाट गरेको प्रहार एपिएफका गोलकिपर एन्जल श्रेष्ठले पन्च गरे । दयानन्द सिंहले राइट साइडबाट दिएको बललाई अर्मान्डले वान टच गरे पनि सफल भएन ।
१८औँ मिनेटमा मच्छिन्द्रका दयानन्दको सट पनि पोस्टको दिशामा रहन सकेन । २६औँ मिनेटमा एपिएफका मणीकुमार लामाको उत्कृष्ट फ्रिकिक मच्छिन्द्रका गोलकिपर विशालले पन्च गर्दै संकट टारे । ४०औँ मिनेटमा मच्छिन्द्रको उत्कृष्ट अवसर सफल हुन सकेन । मनीष डाँगी वान भर्सेस वानको अवस्थामा गोल गर्न सफल भएनन् । एपिएफका गोलकिपर एन्जलले डाइभ गर्दै उनको प्रयास विफल पारेका हुन् । यससँगै पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा राम्रो अवसर सिर्जना हुन ६६औँ मिनेटसम्म पर्खनुपर्यो । मच्छिन्द्रका दयानन्दको कर्नर प्रहार एपिएफका गोलकपिर एन्जलले पन्च गरे पनि क्लियर हुन सकेन ।
लगत्तै मच्छिन्द्रका अर्मान्डले नजिकै दूरीबाट गरेको सट एन्जलले नियन्त्रण्मा लिँदै एपिएफको संकट टारे । मच्छिन्द्रका विमल घर्तिमगरले लामो दूरीबाट गरेको महत्वाकांक्षी प्रहार दोस्रो बारनजिकैबाट बाहिरिन पुग्यो । ८६औँ मिनेटमा मच्छिन्द्रका खेलाडीले लगातार गरेको सट एपिएफका डिफेन्सले सफल हुन दिएनन् । अतिरिक्त समयमा मच्छिन्द्रले सनिष श्रेष्ठको गोलबाट सनसनीपूर्ण जित निकाल्यो । दयानन्दको भली पासमा अनमार्क रहेका सनिषले नजिकैबाट वान टच गोल गर्दै मच्छिन्द्रलाई जित दिलाए । अन्तिम समय समालिन नसक्दा एपिएफ पहिलो खेलबाट हार व्यहार्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
-
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण