चिसोका कारण सुनसरीको जनजीवन प्रभावित
सुनसरी । केही दिनदेखि बढेको चिसोका कारण सुनसरीको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण सदरमुकाम इनरूवा सहित जिल्लाको विभिन्न ठाउँको जनजीवन प्रभावित भएको हो । चिसोका कारण इनरूवा, भोक्राहा, कोशी, गढी, दुहबी, रामधुनी, इटहरी, धरान, बराहक्षेत्र, हरिनगर, देवागञ्जलगायत क्षेत्रमा बसोबास गर्ने स्थानीय बढी जोखिममा रहेका स्थानीय मनोज यादवले बताए ।
दैनिक रूपमा मजदुरी गरेर जीविकोपार्जन गर्नेलाई काममा जान समस्या हुन थालेको स्थानीयवासीले बताएका छन् । अत्यधिक चिसो र बाक्लो हुस्सुका कारणले मानिसलाई घरबाट बाहिर निस्कानका लागि समस्या हुने गरेको स्थानीय चन्दन मेहताले बताए ।
चिसोका कारणले दैनिकी मजदुरी गरेर गुजारा गर्दै आएकालाई समस्या भएको छ । चिसो, बाक्लो, हुस्सु र सित खस्ने गरेका कारणले घरबाट निस्कनेलाई समस्या हुँदै आएको छ भने दैनिक मजदुरी गरेर घर परिवार चलाउँदै आएकालाई समस्या भएको कोशी–७ का झगडु सदाले बताए ।
चिसोलाई मध्य नजर गर्दै सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीले यसबाट जोगिन नागरिकलाई दाउरा वितरण गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।
सीमा क्षेत्रमा रहेका स्थानीयवासीलाई सशस्त्र प्रहरी बल–४ नम्बर गण सुनसरीले चिसोका बेलामा आगो तप्नका लागि लौकही, घुस्की, देवानगञ्ज लगायतका क्षेत्रमा दाउरा वितरण गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच नेताको समर्थनले महामन्त्रीमा विपिनको पल्लाभारी
-
रास्वपाको महामन्त्री दौडबाट पछि हटेपछि कविन्द्र बुर्लाकोटीले भने- ‘पार्टीको हित नै सर्वोच्च’
-
राजा चार्ल्सले पहिलोपटक सार्वजनिक गरे कर विवरण, एक वर्षमा तिरे करिब २ करोड अमेरिकी डलर
-
‘तरङ्ग’ मङ्सिर १८ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने
-
काठमाडौँको ट्राफिक जाम कम गर्न सातदोबाटो र एकान्तकुनामा बन्दैछ यस्तो अन्डरपास र ओभरपास
-
महामन्त्रीमा कविन्द्र, गणेश, शिशिर, प्रमोद र जगदीशको समर्थन विपिनलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण