अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठनको अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन समितिका अनुसार बिहान ९ देखि अपराह्न ४ बजेसम्म सातै प्रदेशमा निर्वाचन हुनेछ ।
सम्पन्न मनोनयन अनुसार ३३ पदाधिकारीका लागि १५५ जनाले उम्मेदवारी परेको छ । भावी अध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् ।
९ उपाध्यक्ष पदका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । यस्तै एक महासचिवका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
९ उपमहासचिवका लागि ३६ जना, १२ सचिवका लागि ५८ जना र एक कोषाध्यक्षका लागि ४ जनाले उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीको ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य पदका लागि दिएका उम्मेदवारहरूको अन्तिम नामावली निर्वाचन समितिले शुक्रबार सार्वजनिक गरेको छ ।
अध्यक्षका लागि हेमन्त राई, सुदिन पौडेल, विजयप्रकाश शर्मा सापकोटा र उपदेश यादव मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
-
चीनलाई विश्वकप चाहिँदैन, उसँग आफ्नै ‘भिलेज सुपर लिग’ छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण