चुनावसम्म यही सरकार रहिरहे माओवादी केन्द्रलाई फाइदा हुन्छ : अध्यक्ष प्रचण्ड
शनिबार, १२ माघ २०८१, ११ : ४४
तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनताका पिर मर्का बुझ्न जनतामाझ गइरहेको बताउँदै माओवादीप्रति उनीहरूको धारणा सकारात्मक रहेको बताएका छन् ।
प्रेस सेन्टर दाङले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटमा उनले यो सरकार आगामी चुनावसम्म सत्तामा रहे नेकपा माओवादी केन्द्रलाई फाइदा हुने बताए । “जनताले हामीप्रति धेरै आशा गर्नुभएको छ, त्यसैले सरकार गिराउनेतिर हामी लागेका छैनौँ”, उनले भने ।
सत्तारुढ राजनीतिक दलहरूमा समस्या रहेको र माओवादी केन्द्रभित्र पनि केही त्रुटि रहेका स्वीकार गर्दै तिनलाई सच्याएर अगाडि बढ्ने उनले जोड दिए । साथै उनले आगामी चुनावमा माओवादी एक्लैले प्रतिस्पर्धा गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको चरित्र हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ
-
तीन वटा स्मार्ट लाइसेन्स बनाएको आरोपमा एक पुरुष पक्राउ
-
पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न माग
-
सरकारका १०० दिनः सुशासन, भ्रष्टाचार नियन्त्रण र सम्पत्ति छानबिनमा केन्द्रित
-
तरुण दलले कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न ७७ जिल्लामा खटायो प्रतिनिधि
-
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री खनाल (अन्तर्वार्ता)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण