स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
मङ्गलबार, १५ माघ २०८१, १२ : ३१
बारा । जीतपुर सिमरा उपमहानगरपालिका–१६ पैनी टोलस्थित सडकबाट स्रोत नखुलेको नगद १० लाख रुपैयाँ सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा सखूवाप्रसौनी गाउँपालिका–१ दोहरी टोल बस्ने ३२ वर्षीय अनिल पटवारी थारू र वीरगन्ज महानगरपालिका–१५ लक्ष्मनवा बस्ने ३१ वर्षीय ओम प्रकाश यादव रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमरा र अस्थायी प्रहरी पोस्ट डुमरवानाबाट खटिएको प्रहरीले कलैयाबाट मोरङ विराटनगरतर्फ जाँदै गरेको म.प्र.०३-००१ च ८०७३ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा गाडीको सिट मुनी लुकाई छिपाई राखेको उक्त नगद फेला पारी चालक अनिल र गाडीमा सवार ओम प्रकाशलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण