‘एक्टर : टेक वन’को प्रदर्शनमा रोक, के हुन्छ बिक्री भएको टिकट ?
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले फिल्म ‘एक्टर : टेक वन’को प्रदर्शन तत्काल नगर्नू भनी अन्तरकालीन आदेश जारी गरेको छ । फिल्मका बारेमा प्रश्न उठेको भन्दै अदालतले यस्तो आदेश गरेको हो ।
अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ । दुवै पक्षको छलफल नभएसम्मका लागि अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
सहिद दिवसको अवसर पारेर बुधबारबाट प्रदर्शनमा आउन लागेको फिल्म अदालतले अन्तरिम आदेश जारी गरेपछि रोकिने भएको छ । तर फिल्मको प्रदर्शनका लागि हलले अग्रिम बुकिङ खुल्ला गर्दै टिकट समेत बेचेका छन् । फिल्मनै प्रदर्शन नहुने भएपछि बिक्री भएको टिकट के हुन्छ ? यो विषयमा सर्वसाधारण अन्योलमा रहेका छन् ।
यस विषयमा हलवालाहरूको छाता संगठन चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले अदालतको आदेशको विषयमा छलफल भइरहेको बताए । ‘हामी अदालतको भाषा बुझ्दैनाँै’, उनले भने, ‘वकिलसँग सल्लाह गरेर यस विषयमा अगाडि बढ्छाँै । ’ टिकटको विषयमा पनि केही समयपछि निर्णय हुने महर्जनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण