मोहन वैद्य अस्पतालबाट डिस्चार्ज
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य अस्पतालबाट डिस्चार्ज भएका छन् । दम बढेपछि महाराजगन्जस्थित टिचिङ अस्पताल भर्ना भएका वैद्य सोमबार अस्पतालबाट डिस्चार्ज भएकाे कार्यवाहक महासचिव सीपी गजुरेल जानकारी दिए ।
स्वास प्रश्वासको दीर्घरोगी उनी निमोनियाबाट समेत संक्रमित रहेका थिए । गजुरेलले भनेका छन्, ‘कमरेड किरणको उपचारमा संलग्न डा. निरज बम, शिक्षण अस्पताल महाराजगजका स्वासप्रश्वास विभागका प्रमुख डा. सन्त कुमार दास, सघन उपचार कक्षका डाक्टर प्रमेश श्रेष्ठ तथा डा. सुवाश आचार्यसहित अन्य डाक्टरहरू र परिचारिकाहरूको अथक प्रयास र अस्पतालका सम्बन्धित प्रशासक एवं कर्मचारीहरूको सहयोगले उहाँले स्वास्थ्य लाभ गर्नु भएको हो । हाम्रो पार्टी उहाँहरू सबैप्रति हार्दिक आभार व्यक्त गर्दछ ।’
वैद्यको उपचारको प्रक्रियामा प्रत्यक्षरुपमा अहोरात्र खट्ने पार्टीका नेता, उपचार खर्च जुटाउन सहयोग गर्ने नेता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरू र स्वास्थ्य लाभको कामना गर्ने सबैलाई पार्टीले धन्यवाद ज्ञापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण