एन्फा महिला लिगको उपाधि भिडन्त आज, अपराजित एपीएफलाई चिर प्रतिद्वन्द्वी पुलिसको चुनौती
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा आयोजित महिला लिगको फाइनल खेल बुधबार खेलिँदै छ । एन्फा महिला लिगको उपाधिका लागि दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबबिच भिडन्त हुनेछ ।
फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो २ः०० बजे सुरु हुनेछ । जारी महिला लिगमा एपीएफ क्लबले हालसम्म एक खेल पनि हारेको छैन । पहिलो चरणको लिगमा एपीएफ क्लब आफूले खेलेको नौमध्ये आठ खेलमा विजयी भएको थियो ।
एक खेलमा भने एपीएफ क्लब बराबरीमा रोकिएको थियो । एपीएफ क्लब कुल २५ अंक बटुल्दै ‘लिग लिडर’ का रुपमा सुपर लिग चरणमा प्रवेश गरेको थियो । सुपर लिग चरणमा पनि एपीएफ क्लब आठवटै खेलमा जित हात पार्दै २४ अंकसहित पहिलो भएको थियो ।
प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा एपीएफ क्लबले बलियो प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हराएको थियो । उक्त जितसँगै एपीएफ क्लबले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
यसैगरी, पुलिस क्लब भने पहिलो चरणको लिगमा तेस्रो हुँदै प्रतियोगिताको सुपर लिग चरणमा प्रवेश गरेको थियो । पहिलो चरणको लिगमा पुलिस क्लबले आफूले खेलेको नौमध्ये ६ खेलमा जित र तीन खेलमा बराबरीको नतिजा निकालेको थियो ।
पहिलो चरणको लिगमा अपराजित रहेको पुलिस क्लबले कुल २१ अंक बटुलेको थियो । सुपर लिग चरणको खेलमा पनि पुलिस क्लब तालिकाको तेस्रो स्थानमा रहेको थियो । सुपर लिग चरणमा पुलिस क्लबले आठमध्ये तीन खेलमा जित, दुई खेलमा बराबरी र तीन खेलमा हारको नतिजा निकाल्यो ।
त्यसैले पुलिस क्लबले अगाडिको यात्रा तय गर्नै एलिमिनेटर खेल्नु परेको थियो । एलिमिनेटर चरणमा पुलिस क्लबले बागमती युथ क्लबलाई १–० गोलले पराजित गरेको थियो । त्यसपछि पुलिस क्लबले दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो ।
दोस्रो क्वालिफायर खेलमा भने पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पाखा लगाएको थियो । पुलिस र आर्मी क्लबबिचको दोस्रो क्वालिफायर खेलको निर्धारित समय भने गोलरहित बराबरीमा सकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण